नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ | १८:०६:३५
चितवन, १२ जेठ । आज सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा झरेको हो।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।
आजको कारोबारमा ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ। यता, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ।
प्रकाशित मिति : मंगलबार, जेठ १२, २०८३ |
१८:०६:३५
89























