आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदै, संसद्मा अर्थमन्त्री डा. वाग्लेद्वारा प्रस्तुत गरिने
प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३ | १२:१६:०३
चितवन, १३ जेठ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक गरिने भएको छ।
सङ्घीय संसद्का दुवै सदनको आज बस्ने छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
हरेक वर्ष आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा अनुसार यसपटक पनि चालु आर्थिक वर्षमा भएका प्रगति, आर्थिक अवस्था तथा सरकारका गतिविधि समेटिएको विवरण प्रस्तुत गरिनेछ।
यससँगै सार्वजनिक संस्थानहरूको विवरणसमेत आजै सार्वजनिक गरिने जनाइएको छ।
प्रकाशित मिति : बुधबार, जेठ १३, २०८३ |
१२:१६:०३
111






















