सरकारले कर्मचारीको तलब १० प्रतिशत बढायो, साउन १ देखि लागू
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ | १८:१४:१३
चितवन, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कर्मचारीको बेसिक तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिनुभयो ।
नयाँ व्यवस्था अनुसार कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ र अधिकतम एक लाखभन्दा माथि पुग्नेछ । तलब तथा भत्ता जोड्दा समग्रमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अर्थमन्त्रीको भनाइ छ ।
लामो समयदेखि तलब वृद्धि नभएको र न्यूनतम जीवनयापनमै कठिनाइ भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ तलबमान कायम गरिएको उहाँले बताउनुभयो । नयाँ तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, जेठ १५, २०८३ |
१८:१४:१३
67
















