अछाममा जिप दुर्घटना, दुई जनाको मृत्यु
प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३ | ९:३६:३४
चितवन, १६ जेठ । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार पञ्चदेवल विनायक नगरपालिका–४ अन्तर्गत मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मकवानपुरका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाका ४५ वर्षीय रामप्रकाश थारुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, जेठ १६, २०८३ |
९:३६:३४
23



















