तनहुँमा पर्यटक बसको ठक्करबाट ७८ वर्षीय वृद्धको मृत्यु
प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३ | १८:४२:५८
चितवन, १६ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो पार गर्ने क्रममा ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : शनिबार, जेठ १६, २०८३ |
१८:४२:५८
1

















