राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक पारित
प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३ | १७:५१:४०
चितवन, १७ जेठ । राष्ट्रियसभाले निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण संशोधन विधेयक बहुमतले पारित गरेको छ।
आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरेको हो।
विधेयक पारित गर्नुअघि प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै विधेयक पारित गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव सभामा प्रस्तुत गरेकी थिइन्।
राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।
प्रकाशित मिति : आइतबार, जेठ १७, २०८३ |
१७:५१:४०
1




















