सांसद शेर्पाको कीर्तिमानी आरोहणको सम्मान, ७० हिमाल चढिसकेको खुलासा
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ | १२:४८:०१
चितवन, १९ जेठ । कीर्तिमानी पर्वतारोही तथा सांसद मिङ्मा ग्याबु शेर्पा संघीय संसद सचिवालयद्वारा सम्मानित भएका छन्। सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा संसदका शीर्ष नेतृत्वले उनलाई सम्मान प्रदान गरेका हुन्।
सम्मान ग्रहणपछि शेर्पाले हालसम्म सगरमाथा १० पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ पटक तथा विश्वका विभिन्न क्षेत्रमा रहेका करिब ७० वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेको बताए। उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउन आफ्नो यात्रा निरन्तर रहेको उल्लेख गरे।
प्रकाशित मिति : मंगलबार, जेठ १९, २०८३ |
१२:४८:०१
177


























