नेप्सेमा २२.२१ अंकको वृद्धि
चितवन, १९ जेठ । धितोपत्र बजारमा मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २,७७७.५८ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेन्सेटिभ परिसूचक पनि २.७८ अंकले उकालो लागेर ४७३.५१ विन्दुमा कायम भएको छ।
आज ३४६ कम्पनीका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहँदा नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स शीर्ष कारोबार हुने कम्पनीमा परेका छन्।
कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन् भने नबिल डिबेञ्चर, बुङ्गल हाइड्रोपावर, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले घाटा बेहोरेका छन्।


























