तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ, वन कार्यालयमा बुझाइयो
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ | १६:३१:२८
चितवन, २० जेठ । तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेका छन्।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ |
१६:३१:२८
221

























