सङ्खुवासभामा १० वर्षीया बालिकामाथि दुर्व्यवहार आरोपमा एक जना पक्राउ
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ | १८:४५:५०
चितवन, २० जेठ । सङ्खुवासभामा १० वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राईलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र हाल प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ |
१८:४५:५०
89
























