मानव अधिकार आयोगको प्रतिवेदनप्रति नेपाल बारको आपत्ति
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ | १८:४९:३३
चितवन, २० जेठ । नेपाल बार एसोसिएशनले राष्ट्रिय मानव अधिकार आयोगद्वारा हालै सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनप्रति आपत्ति जनाएको छ।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन र सिफारिसका बुँदामाथि बारले प्रश्न उठाएको हो।
महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा उक्त प्रतिवेदनलाई विस्तृत नभई ‘छनौटपूर्ण’ भएको प्रारम्भिक निष्कर्ष उल्लेख गरिएको छ।
बारले प्रतिवेदनको आधिकारिक प्रति उपलब्ध गराउन आयोगसँग माग गर्दै विस्तृत अध्ययनका लागि आफ्नो मानव अधिकार तथा जनसरोकार समितिलाई जिम्मेवारी दिएको जनाएको छ।
समितिको अध्ययनपछि थप धारणा सार्वजनिक गरिने बारले स्पष्ट पारेको छ।
प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ |
१८:४९:३३
199
























