भुटानविरुद्ध नेपालले दियो ११४ रनको लक्ष्य, सीता राना मगरको उत्कृष्ट प्रदर्शन
प्रकाशित मिति: बिहिबार, जेठ २१, २०८३ | ११:०६:३९
चितवन, २१ जेठ । एसीसी महिला प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनायो।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् भने रुबिना क्षेत्रीले २४ रनको योगदान दिइन्। ६७ रनमा ७ विकेट गुमाएको अवस्थामा सीता र रुबिनाले ४० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए।
यस्तै, सोनी पाख्रिनले १३ तथा सम्झना खड्काले १० रन जोडिन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले समान ३–३ विकेट लिए भने अन्जु गुरुङले २ विकेट हात पारिन्।
प्रकाशित मिति : बिहिबार, जेठ २१, २०८३ |
११:०६:३९
353



























