सुनको मूल्य तीन लाख नाघ्यो, चाँदी पनि महँगियो
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ | १२:५५:२५
चितवन, २६ जेठ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु दुई हजारले वृद्धि हुँदै तीन लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु तीन लाख एक हजार ९०० कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु २० ले बढेको छ। सोमबार रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आज रु चार हजार ९२५ प्रतितोला निर्धारण गरिएको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, जेठ २६, २०८३ |
१२:५५:२५
353























