विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ | १५:२०:३६
चितवन, २६ जेठ । प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले सदनको कार्यवाही अघि बढ्न नसकेपछि बैठक स्थगित भएको जानकारी गराए।
प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले सभामुखबाट आत्मालोचना तथा माफीको माग गरेका छन्। उक्त माग सम्बोधन नभएको भन्दै विपक्षी सांसदहरूले लगातार सदन अवरोध गर्दै आएका छन्।
प्रकाशित मिति : मंगलबार, जेठ २६, २०८३ |
१५:२०:३६
221























