नेप्से १२.२६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४१ करोड नाघ्यो
प्रकाशित मिति: सोमबार, आषाढ ०१, २०८३ | १६:१९:२३
चितवन, ०१ असार । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा झरेको छ।
आज ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये ७३ वटाको सेयर मूल्य बढ्दा १८८ वटाको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ ०१, २०८३ |
१६:१९:२३
89


























