राहदानी छपाइ भ्रष्टाचार प्रकरणः महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति
प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०८३ | १९:००:०८
चितवन, ०२ असार । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई राहदानी छपाइसम्बन्धी भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न चार दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रकाशित मिति : मंगलबार, आषाढ ०२, २०८३ |
१९:००:०८
155
























