डेढ करोड बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक पक्राउ
प्रकाशित मिति: शनिबार, आषाढ २०, २०८३ | १७:०८:४२
चितवन, २० असार । नेपाल प्रहरीले करिब एक करोड ४८ लाख रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई ठगी गर्ने तथा प्राप्त रकमलाई अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)मा रूपान्तरण गरी अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ निवासी मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले हालसम्म करिब एक करोड ४८ लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रजापतिमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : शनिबार, आषाढ २०, २०८३ |
१७:०८:४२
111






















