स्याङ्जामा गोठ भत्किँदा ६५ वर्षीय पुरुषको मृत्यु
प्रकाशित मिति: बिहिबार, आषाढ ३२, २०८३ | १०:३०:४४
चितवन, ३२ आषाढ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान भैँसी र बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मी पुरिएका थिए। घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए।
घटनामा गोठभित्र रहेका केही चौपाया पनि मरेका छन्। निरन्तर वर्षाका कारण पुरानो गोठ कमजोर भई भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताए।
प्रकाशित मिति : बिहिबार, आषाढ ३२, २०८३ |
१०:३०:४४
265























