नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा ७९.७४ अङ्कको उच्च छलाङ
प्रकाशित मिति: शुक्रबार, साउन ०१, २०८३ | १५:४९:४९
चितवन, ०१ साउन । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन धितोपत्र बजार उत्साहजनक देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.७४ अङ्कले बढ्दै २,६७७.५४ विन्दुमा पुगेको छ।
यससँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५१ अङ्कले बढेर ४६८.३८ विन्दुमा पुगेको छ। फ्लोट सूचक ५.४५ अङ्कले वृद्धि हुँदै १८४.०३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक पनि ४.१३ अङ्कले बढेर १५८.५६ विन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर रु ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन ०१, २०८३ |
१५:४९:४९
155














