चितवन र झापामा ३९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
प्रकाशित मिति: शुक्रबार, साउन ०८, २०८३ | १६:०५:३१
चितवन, ०८ साउन । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी बनाउने अभियानअन्तर्गत चितवन र झापामा ३९ परिवारलाई लालपुर्जा वितरण गरेको छ।
जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरेको हो। लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित रहेका उनीहरू अब औपचारिक रूपमा जग्गाधनी बनेका छन्।
त्यसैगरी, झापाको कनकाई नगरपालिकामा पनि पाँच भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा प्रदान गरिएको छ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन ०८, २०८३ |
१६:०५:३१
265


















