रोल्पा पहिरोमा बेपत्ता दुई महिलाको शव फेला, एक घाइतेको उपचार जारी
प्रकाशित मिति: आइतबार, साउन १०, २०८३ | १७:१३:०३
चितवन, १० साउन । रोल्पाको सुनछहरी गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव आइतबार फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ–लेक सडक क्षेत्रमा गाईबाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्।
दुवै जनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उक्त घटनामा परी ६० वर्षीय कुले घर्तीमगर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र हाल स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : आइतबार, साउन १०, २०८३ |
१७:१३:०३
45






















