सिरहाको गोलबजारमा तनाव चर्कियो, कर्फ्युबीच पनि प्रदर्शन र आगजनी जारी
प्रकाशित मिति: बिहिबार, साउन १४, २०८३ | १९:२९:०६
चितवन, १४ साउन । सिरहाको गोलबजारमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव चर्किएको छ। प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको हो।
स्थिति नियन्त्रणमा लिन प्रशासनले दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको छ भने नेपाली सेनासहितको सुरक्षा टोली परिचालन गरिएको छ। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको भए पनि प्रदर्शन र आगजनीको क्रम अझै रोकिएको छैन।
प्रकाशित मिति : बिहिबार, साउन १४, २०८३ |
१९:२९:०६
199






















