निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ | ११:४३:२३
चितवन, १७ साउन । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ तथा आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ।
निर्मल पुर्जा अन्नपूर्ण गाउँपालिका–२, दानाका स्थायी बासिन्दा हुन्। गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
प्रकाशित मिति : आइतबार, साउन १७, २०८३ |
११:४३:२३
111






















