महँगी नियन्त्रण र ग्यास आपूर्तिमा सरकार असफल : सांसद कृष्णबहादुर रोकाया
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ | १४:१५:३१
चितवन, १८ साउन । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले महँगी नियन्त्रण र एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा सरकार चुकेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकी मुलुकमा ग्यासको मूल्य घट्दा पनि नेपालमा मूल्य नघटाइएको भन्दै यसले नागरिकमाथि थप आर्थिक भार परेको बताए।
सांसद रोकायाले बढ्दो महँगीका कारण सर्वसाधारणलाई दैनिक जीवनयापन गर्न कठिन हुँदै गएको उल्लेख गर्दै एलपी ग्यासको अभावले नागरिकको चुलोसमेत नबल्ने अवस्था सिर्जना भएको बताए।
उनले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति : सोमबार, साउन १८, २०८३ |
१४:१५:३१
177


















