निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद इन्दिरा रानामगरको माग
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ | १६:१५:३५
चितवन, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निर्मल पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनलाई राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने बताइन्।
सांसद रानामगरले ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल पुर्जासहित अन्य मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखिन्।
प्रकाशित मिति : मंगलबार, साउन १९, २०८३ |
१६:१५:३५
155



















