आज सुनको मुल्य घट्यो,कति छ आज सुनको मुल्य ?
प्रकाशित मिति: मंगलबार, आषाढ १६, २०७७ | ११:३७:४३
काठमाडौँ,१६ असार ।
मंगलबार सुनको मुल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनमा प्रतितोला एक सयले घटेको छ ।
महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार भने तोलामा ९१ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ७६५ मा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ १६, २०७७ |
११:३७:४३
5611
























