मंगलबार बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: मंगलबार, आषाढ २३, २०७७ | ११:०४:२१
काठमाडौं,२३ असार ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ २३, २०७७ |
११:०४:२१
5699
























