यस्तो छ आज सुन चाँदीको बजारभाउ
प्रकाशित मिति: मंगलबार, साउन ०६, २०७७ | ११:२१:३१
काठमाडौं,६ साउन ।
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ । चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : मंगलबार, साउन ०६, २०७७ |
११:२१:३१
6535
























