सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज तोलाको ९६ हजार ३०० पुग्यो
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७ | १०:५९:४६
काठमाडौं,११ साउन ।
सुनको मूल्य आज(आइतवार) अहिलेसम्मकै उच्च भएको छ। मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो ।
महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ११, २०७७ |
१०:५९:४६
5435
























