कुखुराको भालेले लियो एक महिलाको ज्यान
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७ | १३:०६:५५
एजेन्सी,१८ साउन
विश्वमा कहिलेकाही अनौठो घटना घट्ने गर्छन् । यस्तै अस्ट्रेलियामा कुखुराको भालेले एक महिलाको ज्यान लिएको छ । एक वृद्धा महिला पालेको कुखुको भालेले उनकै ज्यान लिएको हो ।
उक्त वृद्धाले दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि खोर बनाएर कुखुरापालन गरेकी थिइन् । उनी कुखुराले पारेको अण्टा संकलन गर्न खोरमा गएकी थिइन् । त्यही बेला वृद्धा महिलामाथि भाले जाइलाग्यो ।
भालेले वृद्धा महिलालाई ठुग्न थाल्यो । भालेले ठुगेको ठाउबाट उनको शरिरबाट रगत बग्यो र उनको मृत्यु भयो । कुखुराले ठुगेर नै वृद्धा महिलाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई अनौठो घटना भनेको छ ।
प्रकाशित मिति : आइतबार, साउन १८, २०७७ |
१३:०६:५५
5391
























