स्थगित भयो भदौ पहिलो साता परीक्षा लिने त्रिविको निर्णय
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७ | १७:०२:४०
काठमाडौं,२६ साउन
भदौ पहिलो साताबाट लिने भनिएकाे परीक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थगित गरेको छ। सरकारले लामो दूरीको यातायात भदौ १५ पछिमात्रै सञ्चालनमा ल्याउने निर्णय गरेसँगै परीक्षा स्थगित भएको हो।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ पहिलो, दोस्रो र तेस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित भएको जानकारी दिए। त्यस्तैगरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) काे आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ। यसअघि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : सोमबार, साउन २६, २०७७ |
१७:०२:४०
4291

























