घट्यो सुनको मूल्य,आजको मूल्य कति ?
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७ | ११:३३:३८
काठमाडौं,३२ साउन ।
सुनको भाउमा आइतबार सामान्य ह्रास आएको छ । यस दिन सुनको भाउ प्रति तोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(आइतबार) का लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो ।
चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले कमी आएको छ । गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको भाउ यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तोलामा एक लाख रुपैयाँ कटिसकेको सुनको मूल्य गत बुधबार एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको थियो ।
प्रकाशित मिति : आइतबार, साउन ३२, २०७७ |
११:३३:३८
5303


























