राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित
प्रकाशित मिति: बुधबार, भाद्र १०, २०७७ | १४:१३:२०
काठमाडौं, १० भदौ ।
राष्ट्रिय वाणिज्य बैंकको बुधबार बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ । बुधबार बस्ने सञ्चालक समितिको बैठकको एजेण्डा उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने रहेको थियो ।
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलका सम्धीसमेत रहेका कोइरालालाई नियुक्त गर्ने तयारीको विरोध भएपछि सञ्चालक समितिको बैठक नै स्थगित भएको एक सदस्यले जानकारी दिए ।
कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै सोमबारदेखि चर्को विरोध हुँदै आएको छ ।
कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति : बुधबार, भाद्र १०, २०७७ |
१४:१३:२०
4225


























