सुनको मूल्यमा बढ्यो, प्रतितोला कति ?
प्रकाशित मिति: आइतबार, भाद्र १४, २०७७ | १२:०५:२४
काठमाडौं,१४ भदौ ।
नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाल सुनको मूल्य ९६ हजार ९ सय रहेको थियो । भने आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ९७ हजार २ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रहेको छ ।
महासंघको अनुसार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ४० कायम भइ कारोवार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १४, २०७७ |
१२:०५:२४
4643


























