बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?
प्रकाशित मिति: मंगलबार, भाद्र १६, २०७७ | १२:०३:१२
काठमाडौं,१६ भदौ
सुनको भाउ मंगलबार बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
यसदिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : मंगलबार, भाद्र १६, २०७७ |
१२:०३:१२
5259


























