सुनको मूल्य घट्यो, तोलामा कतिले हुँदैछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७ | १३:४२:२९
काठमाडौं,१९ भदौ
अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलाको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ ।
साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलाको लाख रुपैयाँ नाघेर फर्किएको हो । सुनको मूल्य साउन २३ गते इतिहासकै सर्वाधिक १ लाख ३ सय ५ रुपैयाँ पुगेको थियो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९, २०७७ |
१३:४२:२९
4335


























