आईपीएलको खेल तालिका सार्वजनिक
प्रकाशित मिति: सोमबार, भाद्र २२, २०७७ | १३:३५:२०
एजेन्सी,२२ भदौ
१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को खेल तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले सार्वजनिक गरेको छ ।
बिसीसीआई ले जारी गरेको खेल तालिका अनुसार सेप्टेम्बर १९ तारिखमा हुने उद्घाटन खेलमा च्याम्पियन मुम्बई इन्डियन्स र उप – विजेता बनेको चेन्नई सुपर किंग्स भिड्नेछन् ।
यस संस्करणको आईपीएल युएईका तीन शहरहरु दुबई , अबुधाबी र शारजाहमा हुँदैछ । जसअन्तर्गत उद्घाटन खेल अबुधाबीमा हुँनेछ ।
अहिले जारी गरिएको खेलतालिकामा प्ले अफ र फाइनलको भेन्यु भने तय गरिएको छैन । कोरोना भाइरस (कोभिड -१९ ) का कारण भारतमा प्रतियोगिता गर्न सम्भव नदेखिएपछि दोस्रोपटक आईपीएल युएईमा हुन् गईरहेको छ । यसअघि सन् २०१४ को संस्करण पनि भारतमा आम निर्वाचनका कारण केहि खेलहरु युएईमा भएका थिए ।
खेल तालिका

प्रकाशित मिति : सोमबार, भाद्र २२, २०७७ |
१३:३५:२०
5809






















