जेम्स रोड्रिगेज एभरटनमा अनुबन्ध
प्रकाशित मिति: मंगलबार, भाद्र २३, २०७७ | १५:५८:५३
काठमाडौं,२३ भदौ
कोलम्बियाका अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिगेजलाई प्रिमियर लिग क्लब एभरटनले अनुबन्ध गरेको छ । एभरटनले २० मिलयन पाउण्डमा रोड्रिगेजलाई भित्र्याएको हो ।
एभरटनले उनीसँग २ वर्षको सम्झौता गरेको छ र अर्को एक वर्ष थप बस्ने विकल्प समेत रहेको छ । रोड्रिगेजले ६ वर्षपछि मड्रिड छाडेका हुन् ।उनि सन् २०१४ मा स्पानिस क्लब रियल मड्रिडमा आएका थिए । उनले रियलका लागि चार सिजन खेल्दै १२५ खेलमा ३७ गोल गरेका छन् । यस्तै कोलम्बियाको राष्ट्रिय टिमका लागि भने ७६ खेलमा २२ गोल गरेका छन्
।यो उत्कृष्ट क्लबमा अनुबन्ध हुन पाउँदा म एकदमै खुशी छु । क्लबको इतिहास राम्रो छ र यहाँ मलाई चिन्ने प्रशिक्षक पनि छन्,’ अरुको जस्तै आफ्नो योजनामा पनि क्लबमा उपलब्धी हात पार्ने रहेको रोड्रिगेज बताए ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३, २०७७ |
१५:५८:५३
4929






















