बढ्यो सुनको मूल्य ,तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, भाद्र २४, २०७७ | ११:२९:३७
काठमाडौं,२४ भदौ ।
सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र २४, २०७७ |
११:२९:३७
4489


























