क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल खेलमा १०० गोल पूरा
प्रकाशित मिति: बुधबार, भाद्र २४, २०७७ | १३:२२:२८
काठमाडौं,२४ भदौ
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल खेलमा आफ्नो १०० गोल पूरा गरेका छन् ।
उनी पोर्चुगलका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।
उनले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेन विरुद ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरेका हुन । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।
प्रकाशित मिति : बुधबार, भाद्र २४, २०७७ |
१३:२२:२८
5105






















