मधेसको लगातार दोस्रो जित, कर्णाली पुनः पराजित
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ | १८:१६:२२
चितवन, २५ जेठ । मधेस प्रदेशले यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै दोस्रो लगातार जित दर्ता गरेको छ। घरेलु टोली कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ।
कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले ४९ रनको अविजित पारी खेलिन् भने उमा चौधरीले २९ रन जोडिन्। टोलीले चार विकेट गुमाएर १०३ रन बनाएको थियो।
मधेसका ओपनर सना प्रविन र अलिशा यादवले उत्कृष्ट साझेदारी गर्दै ९.१ ओभरमै लक्ष्य पूरा गरे। अलिशाले ४७ रन बनाउँदा सनाले अविजित ४४ रनको योगदान दिइन्।
अर्कोतर्फ, सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। ६ अंकसहित सुदूरपश्चिम उपाधिको प्रमुख दाबेदार बनेको छ।
प्रकाशित मिति : सोमबार, जेठ २५, २०८३ |
१८:१६:२२
89



























