चीनमाथि मलेसियाको सहज जित, नेपालले पनि एसियन गेम्समा स्थान पक्का गर्यो
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ | १६:३५:४५
चितवन, १९ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत मलेसियाले चीनलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। यस नतिजासँगै समूह ‘ए’ बाट मलेसियासँगै नेपालले पनि एसियन गेम्समा आफ्नो स्थान सुनिश्चित गरेको छ।
मंगलबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा चीनले दिएको ८५ रनको सामान्य लक्ष्य मलेसियाले ७.५ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। चीनको यो लगातार दोस्रो हार हो। यसअघि चीन नेपालसँग २२१ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
प्रकाशित मिति : मंगलबार, जेठ १९, २०८३ |
१६:३५:४५
199


























