मेसीले विश्वकप छनोट खेल खेल्न पाउने
प्रकाशित मिति: शुक्रबार, भाद्र २६, २०७७ | १६:२७:०६
काठमाडौं, २६ भदौ
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसी माथि लगाएको एक खेलको प्रतिबन्ध हटेको छ प्रतिबन्ध हटे संगै मेसीले अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् ।
कोपा अमेरिकाका वेला मेसीले चिलीविरुद्धको खेलमा मेसी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए र उक्त खेलपछि उनले दक्षिण अमेरिकी प्रमुखलाई भ्रष्टाचारको आरोप लागएका थिए । त्यसपछि उनलाई अर्जेन्टिनाबाट एक खेलको प्रतिबन्ध लगाएको थियो ।
अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसी माथिको प्रतिबन्ध हटेको र उनले अब कुनैपनि खेल नगुमाउने अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले बताएका छन् ।
विश्वकप छनोट अन्तर्गत अर्को महिना अर्जेन्टिनाले इक्वेडर र बोलिभियासँग खेल्दैछ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६, २०७७ |
१६:२७:०६
4313






















