पिएसजी सिजनको पहिलो खेलमा पराजित
प्रकाशित मिति: शनिबार, भाद्र २७, २०७७ | १५:०६:५९
काठमाडौं, २६ भदौ
पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनको पहिलो खेलमै पराजित भएको छ। फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमा टिम लेन्सले पराजित भएको हो ।
खेलमा लेन्सले पिएसजीमाथि १-० गोलको जित हात पार्यो। लेन्सका लागि इग्नाटियस गानागोले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । स्टेड बोलार्ट डेलेलिसमा भएको खेलमा ५ हजार दर्शक उपस्थित थिए ।
खेलमा एमबाप्पेसहित ब्राजिलयन फरवार्ड नेइमार, एन्जेल डि मारिया, माउरो इकार्डी, मार्क्युन्होस लगायतका खेलाडी अनुपस्थित थिए। अब पिएसजीले लिगको दोस्रो खेलमा मार्सेलीसँग आइतबार खेल्नेछ।
प्रकाशित मिति : शनिबार, भाद्र २७, २०७७ |
१५:०६:५९
4423






















