बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?
प्रकाशित मिति: सोमबार, भाद्र २९, २०७७ | ११:३९:५९
काठमाडौं,२९ भदौ
आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
यस दिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र २९, २०७७ |
११:३९:५९
3917


























