पिएसजी सिजनको दोस्रो खेलमा पनि पराजित
प्रकाशित मिति: सोमबार, भाद्र २९, २०७७ | १४:१२:०९
काठमाडौँ, २९ भदौ
पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनको दोस्रो खेलमा पनि पराजित भएको छ । जर्मेन (पिएसजी) आफनै मैदानमा मार्सेसँग १-० ले पराजित भएको हो ।
फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो । कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमार सहित पाँच खेलाडीले नै इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।
पिएसजीका लिएनड्रो परेडेस र लेभिन कुर्जुवा र मार्सेका डानियो बेनेडेट्टो र जोर्डन अमाभवी झगडामा सामेल भएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । परेडेस र बेनेडेट्टोले दोहोरो पहेँलो कार्ड पाएका थिए ।नेमार पनि त्यसमा समावेश भएपछि उनले रातो कार्डको सामना गरेका थिए ।
प्रकाशित मिति : सोमबार, भाद्र २९, २०७७ |
१४:१२:०९
4731






















