फेरि बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?
प्रकाशित मिति: मंगलबार, भाद्र ३०, २०७७ | ११:४८:२५
काठमाडौं,३० भदौ
सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ तोकेको छ, जुन हिजो भन्दा ६०० रुपैयाँले बढी हो । हिजो सुनको मुल्य प्रतितोला रु। ९६ हजार ९०० थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार तोकिएको छ ।
आज चाँदीको मुल्य पनि तोला २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य प्रतितोला १३४० रुपैयाँ तोकिएको छ । हिजो यो धातुको मुल्य प्रतितोला १३२० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३०, २०७७ |
११:४८:२५
4247


























