क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक कमाइ गर्ने दोस्रो खेलाडी
काठमाडौं, ३० भदौ
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक कमाइ गर्ने दोस्रो खेलाडीको बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा रोनाल्डो दोस्रो स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार क्रिस्टियानो रोनाल्डोको वार्षिक कमाइ ११७ मिलयन डलर रहेको छ ।
रोनाल्डोले भन्दा बार्सिलोनाका फरवार्ड लिओनल मेसीले ९ मिलियन बढी कमाउछन् । यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।
यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।
सर्वाधिक कमाइ गर्ने १० खेलाडी
१ लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर
२ क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
३ नेमार- ९६ मिलियन डलर
४ किलिएन एमबाप्पे- ४२ मिलियन डलर
५ मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
६ पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
७ एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
८ गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
९ रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
१० डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर






















