आईपीएल खेल्न यूएई पुगे सन्दीप लामिछाने
प्रकाशित मिति: मंगलबार, भाद्र ३०, २०७७ | १३:१४:२९
काठमाडौं ,३० भदौ
१३औं संस्करणको प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् । उनले पछिल्लो दुई सिजन क्यापिटल्सको लागि खेलेका थिए ।
क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप सोमबार यूएई पुगेका हुन् । आइतबार नै जाने तय भएको भए पनि उडान छुटेपछि सन्दीप एकदिन ढिला यूएई पुगेका हुन् ।
दिल्ली फ्रेन्चाइजले सन्दीप यूएई आइपुगेको जानकारी दिँदै उनलाई स्वागत समेत गरिसकेको छ । सन्दीप अब होटल क्वारेन्टिनमा बस्नेछन् ।
यस्तै सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि अब कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३०, २०७७ |
१३:१४:२९
5105






















