हेर्नुहाेस, बिहिवार सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
प्रकाशित मिति: बिहिबार, आश्विन ०१, २०७७ | ११:१६:५९
काठमाडौं,१ असोज ।
सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९६ हजार १ सय मा कारोकार भइरहेको छ ।
हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०१, २०७७ |
११:१६:५९
4841


























